उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा « Khabarhub

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।  उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ ।

उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । गत हप्ताको अन्त्यमा भएको क्षेप्यास्त्र परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उनले पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु–डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि दक्षिण कोरियामा उनको आगमन भएको हो ।

हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय–इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार