निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी « Khabarhub

निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ ।

आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ ।

सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु चुहावट गरेकोलगायत आरोप लगाएर सरकारले अधिकारीलाई निलम्बित गरेको थियो ।

निलम्बित गभर्नरमाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समितिसमेत बनाएको छ । समितिलाई  प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ४५ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको