त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक « Khabarhub

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ ।

जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर राना लगायतको पनि अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ रु त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।

आदित्य प्रधान र रेबिका प्रधान निर्माता रहेको फिल्म दार्जिलिङ, सिलगढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।

शिव ढकालले खिचेको फिल्मका गीतमा राजन ईशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल