त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक « Khabarhub

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ ।

जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर राना लगायतको पनि अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ रु त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।

आदित्य प्रधान र रेबिका प्रधान निर्माता रहेको फिल्म दार्जिलिङ, सिलगढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।

शिव ढकालले खिचेको फिल्मका गीतमा राजन ईशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र