रुसी हमलाका कारण युक्रेनको लभिभमा ७ जनाको मृत्यु « Khabarhub

रुसी हमलाका कारण युक्रेनको लभिभमा ७ जनाको मृत्यु


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ । लभिभ शहरका मेयर आन्द्रई सादोभीले रुसी आक्रमणका कारण ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

यसअघि युक्रेनी अधिकारीले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको जनाएका थिए । मेयरका अनुसार आक्रमणका कारण पूर्वी युक्रेनबाट विस्थापित भएका मानिसहरुलाई राखेको होटेलमा समेत क्षति पुगेको छ ।

‘हामीलाई युद्धले लभिभमा पनि छाडेन ।’ खार्किभ शहरबाट भागेर आएकी ४७ वर्षीया लुडमिला टुर्चाकले समाचार संस्था एपीलाई भनिन्, ‘युक्रेनमा हामीले सुरक्षित महशुस गर्ने कुनै ठाउँ बाँकी छैनन् ।

रुसी आक्रमणका कारण शहरमा ठूलो विष्फोटको आवाज सुनिएको एपीले जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर तथा भिडियोमा आक्रमण भएको स्थलबाट आगोको लप्का र धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

युद्धको चपेटामा परेको पूर्वी क्षेत्रबाट टाढा रहेको लभिभ शहर विस्थापितहरुका लागि सुरक्षित स्थलमात्र नभएर पश्चिमा मुलुकहरुले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य एवम् मानवीय सहायता आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक