प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ  « Khabarhub

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ 


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौँको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौँको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् । 

अनुसन्धानको क्रममा उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अनुपले सन् २०२१ को मे देखि हालसम्म विभिन्न २० वटा क्रिप्टोकरेन्सीबाट ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनको बिनान्स एकाउण्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०.३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ । 

त्यस्तै राहुलले करिब एक वर्ष अघिदेखि हालसम्म ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बिट क्वाइन मौज्दात रहेको देखिएको छ । 

उनीहरुले दैनिक पाँच हजारदेखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्स बेट, हाइपर फण्ड लगायत अनलाइन प्लेटफर्महरुमा लगानी गर्ने गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

साथै व्यापारिक प्रयोजनका सामग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेका थिए । अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौं व्यक्तिहरुको प्रयोगगरी तिनका नाममा बैंक खाता र बिनान्स एकाउण्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो व्यापार गर्न प्रोत्साहित गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने