फाइल फोटो

मुख्य समाचार

सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

By खबरहब

April 18, 2022

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमति नजिक पुगेको दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।

बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ ।