तालिबानको हिरासतमा रहेका फोटोपत्रकार रिहा गर्न माग « Khabarhub

तालिबानको हिरासतमा रहेका फोटोपत्रकार रिहा गर्न माग


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा पत्रकारहरूले तालिबानको हिरासतमा बन्दी बनाइएका बीबीसीका फोटोपत्रकारलाई रिहा गर्न माग गरेका छन् । बीबीसीका क्यामेराम्यान पिटर जोभेनल हाल तालिबानको नियन्त्रणमा रहेको जनाइएको छ ।

उनका साथी डेभिड लोयनले जनाएअनुसार तालिबानले यसअघि दुई बेलायती र एक अमेरिकीलाई रिहा गरेको थियो । यद्यपि जर्मन र बेलायती नागरिक जोभेनल अझै पनि तालिबानको हिरासतमा रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार जोभेनल अफगानिस्तानका वर्तमान आन्तरिक मन्त्री शेराजुद्दिन हक्कानीका पिता जलालुद्दिन हक्कानीसँग निकट थिए ।

सन् १९९७ मा अमेरिकी टेलिभिजन च्यानल सीएनएनले आतंककारी नेता ओसामा बिन लादेनको अन्तरवार्ता लिँदा उनैले क्यामेरा सञ्चालन गरेको बताइएको छ ।

उनी गत वर्ष तालिबानले सत्ता हत्याएपछि व्यवसायीका रुपमा अफगानिस्तान प्रवेश गरेका थिए । उनलाई तालिबानले नियन्त्रणमा लिनुको कारणबारे अझै स्पष्ट नभइसकेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : २१ बजे

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका

साहित्यिकार डौलियाका २० कृति विमोचन

काठमाडौं – लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौं – थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी