विवादास्पद फैसला गरेपछि अछामका न्यायाधीशलाई काठमाडौँ झिकाइयो « Khabarhub

विवादास्पद फैसला गरेपछि अछामका न्यायाधीशलाई काठमाडौँ झिकाइयो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा तानिएको छ ।

न्यायाधीश जोशीलाई सर्वाेच्च अदालतमा काज सरुवा गरिएको हो ।

फैसला विवादमा परेपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काठमाडौँ झिकाएका हुन् ।

जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको महिलालाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । तर, अभियुक्तलाई सफाइ दिने फैसला गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा उनले यो फैसला सुनाएका थिए । तर, यो व्यवस्था कार्यान्वयनमा नै रहेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : २० बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय