शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता « Khabarhub

शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक एडीबीका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ ।

सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्‍याउने कार्यमा सहयोगको प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले शिक्षा क्षेत्रमा एडीबीको निरन्तर सहयोग रहेकोसमेत स्मरण गराएका थिए । आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका साथै उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका