सरकारी निकायहरूलाई २० प्रतिशतले इन्धन कटौती गर्न सरकारको निर्देशन « Khabarhub

सरकारी निकायहरूलाई २० प्रतिशतले इन्धन कटौती गर्न सरकारको निर्देशन


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी निकाय तथा सार्वजनिक संघसंस्थाहरूलाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गरी विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यी निकायहरूलाई चालु आर्थिक वर्षमा बाँकी रहेको इन्धनसम्बन्धी बजेटमा २० प्रतिशतले कटौती गर्न भनेको छ ।

यद्यपि, यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि लागु नहुने पनि मन्त्रालयले जनाएको छ ।

यो कटौती हाललाई २०७९ असार मसान्तसम्म लागु रहने छ ।

निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरू, सवै संवैधानिक निकायहरू र प्रदेशको हकमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ३२ बजे

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित