हल्दिबारीमा राप्रपा विजयी, अध्यक्षमा लिङ्देन पुनः निर्वाचित « Khabarhub

हल्दिबारीमा राप्रपा विजयी, अध्यक्षमा लिङ्देन पुनः निर्वाचित


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्रप्रसाद लिङ्देन पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका डम्बरबहादुर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याए । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरे ।

पालिकाको उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छन्। मैनालीले पाँच हजार ७८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन् । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याए । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको