हल्दिबारीमा राप्रपा विजयी, अध्यक्षमा लिङ्देन पुनः निर्वाचित « Khabarhub

हल्दिबारीमा राप्रपा विजयी, अध्यक्षमा लिङ्देन पुनः निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्रप्रसाद लिङ्देन पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका डम्बरबहादुर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याए । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरे ।

पालिकाको उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छन्। मैनालीले पाँच हजार ७८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन् । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याए । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ०४ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी