मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी « Khabarhub

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन्।

थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरे।

उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरिन्।

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ३५ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा