दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी « Khabarhub

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ। गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् । बिणादेबी निवर्तमान उपमेयर हुन् । राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन् । १५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा माओवादी केन्द्रका ध्रुवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सोल्मामा एमालेका महेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा जसपाका मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जसपाका इखबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा  माओवादी केन्द्रका दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा कांग्रेसका रामबादुर कट्वाल विजयी भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : २८ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ