लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट « Khabarhub

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट यात्रा सकाएको छ।

मंगलबार लाओस नेशनल स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपाल १–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गर्यो। खेलको ४७ औं मिनेटमा लाओसका कप्तान बोउनफचान बोन्कोंगको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा उनको गोल निर्णायक बन्न पुग्यो।

त्यसपछि खेलमा फर्कन नसकेको नेपालले अन्तिम खेलमा पनि हार भोग्दै छनोट यात्रा सकाएको हो।

छनोटको पहिलो लेगमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो।

समूह चरणमा नेपाल मलेसियासँगको पहिलो लेगमा २–० र दोस्रो लेगमा १–० को हार व्यहोरेको थियो।

भियतनामसँग नेपाल पहिलो लेगमा ३–१ ले तथा दोस्रो लेगमा १–० ले पराजित भएको थियो।

नेपालले समूह चरणका सबै खेलमा हार भोगे पनि मलेसियाले नेपालविरुद्धको पहिलो लेगमा अयोग्य खेलाडी खेलाएपछि एएफसीको कारबाहीमा पर्दा नेपालले ३ अंक प्राप्त गरेको थियो।

मलेसियाली फुटबल संघले झूटा कागजात तयार गरी सात खेलाडीका लागि पासपोर्ट बनाएको ठहर गर्दै अनुशासनको कारबाही स्वरुप ५० हजार अमेरिकी डलर समेत जरिवाना गराएको थियो।

यस्तै,नेपालविरुद्धको २–० को जित र भियतनामविरुद्धको ४–० को जितको नतिजा समेत उल्टाएको थियो। सोही कारण नेपाल र भियतनाम दुवैले समान ३ अंक प्राप्त गरेका थिए।

नेपाल रहेको समूह एफ बाट भियतनाम अपराजित रहेर एसियन कपमा छनोट भएको छ। मलेसिया दोस्रो, लाओस तेस्रो र नेपाल अंक तालिकाको पुछारमा रहेर एसियन कप छनोट यात्रा सकाएका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ३० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम