तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी    « Khabarhub

तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी   


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन् ।

रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना)  विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।

२०७४को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकै  विष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन् । यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : २० बजे

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र