हुम्लाको अदानचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका सिंह विजयी « Khabarhub

हुम्लाको अदानचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका सिंह विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)का कर्ण रोकाया निर्वाचित भएका छन् ।

आज बिहान सकिएको मतगणनामा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निवर्तमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह एक हजार ९६८ मत ल्याएर विजयी भएको फडेराले एक हजार ३२९ मत ल्याएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेस विद्रोही उम्मेदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गरे । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलोपटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित भए ।

छ वटा वडा रहेको गाउँपालिकामा चार वडामा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा उम्मेदवार विजयी भएका छन् । माअ‍ेवदी केन्द्रको तर्फबाट वडा नं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं १ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् । वडा नं ६ मा माओवादी केन्द्रका वृखबहादुर बुढाको प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : ५५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ