चन्दननाथमा कांग्रेसले टिकट नदिएका स्वतन्त्र उम्मेदवार कठायत विजयी  « Khabarhub

चन्दननाथमा कांग्रेसले टिकट नदिएका स्वतन्त्र उम्मेदवार कठायत विजयी 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको एक मात्र नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन् ।

कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भए ।

उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् । नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे ।

कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठबन्धन गरेका थिए । माओवादी केन्द्र र अन्य दलहरूको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत विजयी भएका हुन् ।

लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजगार र रोजीरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ । यतिसम्म कि कठायतको क्षेत्र वडा नम्बर ५ मा एक सय ८५ बढी कांग्रेसका क्रियाशील सदस्य भए पनि एक सय मत क्रस हुन सकेन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ५० बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ