सी डिभिजनमा पुलचोकको दोस्रो जित « Khabarhub

सी डिभिजनमा पुलचोकको दोस्रो जित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा पुलचोकले वीरगंज स्पोर्ट्स एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

पुलचोकको जितमा गोविन्द थापा, शाइर्‍याब लो तामाङ, सदाम मन्सुर र सागर पुनले १–१ गोल गरे । पुलचोकका जन्मजे धामी म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । आरसी ३२ सातौं जितको खाजीमा छ भने प्लानिङ चौथो जित निकाल्न चाहन्छ । १९ अंकसहित आरसी ३२ तालिकाको शीर्ष स्थानमा छ भने १३ अंकसहित प्लानिङ चौथो स्थानमा छ ।

आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ४ बजे हुने खेलमा खालीबारी युथ फुटबल क्लब र महावीर क्लब भिड्नेछन् । दुवै खालीबारी र महावीर तेस्रो जितको खोजीमा छन् । १० अंकसहित खालीबारी सातौं स्थानमा छ भने ९ अंकसहित महावीर दशौं स्थानमा छ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : १२ बजे

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र