निर्माण नहुँदै अमेरिका राइट्स ‘सोल्ड’  « Khabarhub

निर्माण नहुँदै अमेरिका राइट्स ‘सोल्ड’ 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री र निर्मात्रीसँगै आफैँलाई स्थापित गरेको फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल मार्फत निर्देशकीय यात्रा सुरु गरेकी झरना थापा अब सिरिजबाट पर हटेर ‘भागवत गीता’ निर्माण गर्दैछिन् ।

उनको होम प्रोडक्सनबाट निर्माण हुने फिल्ममा निर्देशन उनकै रहने छ भने सुहाना थापा लिड कास्टमा छिन् । निर्देशन यात्रा प्रारम्भ गरेपछि पहिलोपटक उनले ‘ए मेरो हजुर टाइटल छाड्दै छिन् । हालै ए मेरो हजुरको चौथो सिरिज रिलिज गरेपछि उनले नयाँ टाइटलको काम अगाडि बढाएकी हुन् । 

आउँदो भाद्रबाट छायांकन गर्ने तयारी रहेको फिल्मको टीजरका लागि केही दृश्यको छायांकन समेत गरिएको छ । जनकपुरमा छायांकन गरिएको त्यो दृश्य फिल्ममा समेत रहने निर्माता सुनिलकुमार थापाले बताएका छन् । ;ए मेरो हजुर ४’ ओभरसिजमा रिलिज गर्ने तयारीकै बीच झरनाको निर्देशनमा तयार हुने नेक्स्ट प्रोजेक्ट  ‘भागवत गीता’ को पनि ओभरसिज राइट्स बिक्री भएको छ । 

नेपालीको बसोबास बढी रहेको अमेरिकाका लागि फिल्मको राइट्स बिकेको हो । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले फिल्मको अमेरिका राइट्स खरिद गरेका छन् । यो विश्वासले फिल्म मेकिङमा  झनै दायित्व थपिएको निर्माता थापा ले बताए  ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : २१ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई