निर्माण नहुँदै अमेरिका राइट्स ‘सोल्ड’  « Khabarhub

निर्माण नहुँदै अमेरिका राइट्स ‘सोल्ड’ 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री र निर्मात्रीसँगै आफैँलाई स्थापित गरेको फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल मार्फत निर्देशकीय यात्रा सुरु गरेकी झरना थापा अब सिरिजबाट पर हटेर ‘भागवत गीता’ निर्माण गर्दैछिन् ।

उनको होम प्रोडक्सनबाट निर्माण हुने फिल्ममा निर्देशन उनकै रहने छ भने सुहाना थापा लिड कास्टमा छिन् । निर्देशन यात्रा प्रारम्भ गरेपछि पहिलोपटक उनले ‘ए मेरो हजुर टाइटल छाड्दै छिन् । हालै ए मेरो हजुरको चौथो सिरिज रिलिज गरेपछि उनले नयाँ टाइटलको काम अगाडि बढाएकी हुन् । 

आउँदो भाद्रबाट छायांकन गर्ने तयारी रहेको फिल्मको टीजरका लागि केही दृश्यको छायांकन समेत गरिएको छ । जनकपुरमा छायांकन गरिएको त्यो दृश्य फिल्ममा समेत रहने निर्माता सुनिलकुमार थापाले बताएका छन् । ;ए मेरो हजुर ४’ ओभरसिजमा रिलिज गर्ने तयारीकै बीच झरनाको निर्देशनमा तयार हुने नेक्स्ट प्रोजेक्ट  ‘भागवत गीता’ को पनि ओभरसिज राइट्स बिक्री भएको छ । 

नेपालीको बसोबास बढी रहेको अमेरिकाका लागि फिल्मको राइट्स बिकेको हो । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले फिल्मको अमेरिका राइट्स खरिद गरेका छन् । यो विश्वासले फिल्म मेकिङमा  झनै दायित्व थपिएको निर्माता थापा ले बताए  ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : २१ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ