सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी « Khabarhub

सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै रिजल्ट आउने क्रम बढ्दो छ ।

विवाद र पुनः मतदान भएका पालिकाहरूको नतिजा आउन थालिसकेको छ । यसैक्रममा सर्लाहीको दक्षिणपूर्वी क्षेत्र स्थित हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोदकुमार साह तेली ५ हजार ९९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४ सय ९५ मत मात्र पाए । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनी निर्वाचित भएकी छिन् ।

उनले ४ हजार ३ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले ३ हजार ४ सय मत मात्र प्राप्त गरिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ५७ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–