‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान « Khabarhub

‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ ।

केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए ।

यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । ‘केजीएफ : च्याप्टर २’ सफल भइरहँदा दर्शकले यसको कनेक्सन अर्को फिल्म ‘सलार’ सँग खोजिरहेका छन् । केजीएफकै मेकर्स र निर्देशकको फिल्म भएकाले कनेक्सन खोजिएको छ ।

केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । ‘केजीएफ: च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान फ्यानले लगाएका छन् । ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् । 

उनीहरूले आफ्नो दुई प्रिय हिरो प्रभास र यशलाई एउटै फिल्ममा हेर्न चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै कनेक्सन खोजिरहेका हुन् । ‘केजीएफ : च्याप्टर २’ मा फर्मानाको आमाको क्यारेक्टर प्ले गर्ने कलाकार ईश्वरी राव ‘सलार’ मा समेत छिन् । यसले गर्दा पनि निर्देशक प्रशान्तले यी दुईको कथालाई एक आपसमा जोडेर अगाडि बढाउने अनुमान गरिएको छ । पछिल्लो समय बलिउडमा पनि मार्भल स्टुडियोको एभेन्जर्सवार्नर ब्रोजको जस्टिस लिगकै शैलीमा दर्शकका प्रिय हिरोहरुलाई एकसाथ ल्याउने ‘ट्रेन्ड’ बढिरहेको छ ।

बलिउडमा रोहित शेट्टीले आफ्नो कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्म्सले पनि ‘स्पाइ युनिभर्स’ बनाइरहेका छन् ।

यस्तैमा प्रशान्तले पनि त्यही अनुरुप ‘केजीएफ’ सँग ‘सलार’ लाई जोड्ने तयारी गरिरहेको चर्चा गर्दा फ्यानहरुले सामाजिक सञ्जालमा कनेक्सन खोजिरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०२ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा