‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान « Khabarhub

‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ ।

केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए ।

यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । ‘केजीएफ : च्याप्टर २’ सफल भइरहँदा दर्शकले यसको कनेक्सन अर्को फिल्म ‘सलार’ सँग खोजिरहेका छन् । केजीएफकै मेकर्स र निर्देशकको फिल्म भएकाले कनेक्सन खोजिएको छ ।

केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । ‘केजीएफ: च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान फ्यानले लगाएका छन् । ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् । 

उनीहरूले आफ्नो दुई प्रिय हिरो प्रभास र यशलाई एउटै फिल्ममा हेर्न चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै कनेक्सन खोजिरहेका हुन् । ‘केजीएफ : च्याप्टर २’ मा फर्मानाको आमाको क्यारेक्टर प्ले गर्ने कलाकार ईश्वरी राव ‘सलार’ मा समेत छिन् । यसले गर्दा पनि निर्देशक प्रशान्तले यी दुईको कथालाई एक आपसमा जोडेर अगाडि बढाउने अनुमान गरिएको छ । पछिल्लो समय बलिउडमा पनि मार्भल स्टुडियोको एभेन्जर्स र वार्नर ब्रोजको जस्टिस लिगकै शैलीमा दर्शकका प्रिय हिरोहरुलाई एकसाथ ल्याउने ‘ट्रेन्ड’ बढिरहेको छ ।

बलिउडमा रोहित शेट्टीले आफ्नो कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्म्सले पनि ‘स्पाइ युनिभर्स’ बनाइरहेका छन् ।

यस्तैमा प्रशान्तले पनि त्यही अनुरुप ‘केजीएफ’ सँग ‘सलार’ लाई जोड्ने तयारी गरिरहेको चर्चा गर्दा फ्यानहरुले सामाजिक सञ्जालमा कनेक्सन खोजिरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण