बरहथवामा नपाको १ र १८ वडाको मत गणना हुँदै  « Khabarhub

बरहथवामा नपाको १ र १८ वडाको मत गणना हुँदै 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः जेठ ३ गते मतदान सम्पन्न भएसँगै गणना सुरु भइसकेको छ ।

३ गते बेलुकीबाट वडा नम्बर १ र ४ गते बिहान देखि वडा नम्बर १८ को गणना भइरहेको छ । सर्लाही जिल्लामा अन्य पालिकामा लगभग नतिजा आइसक्दा बरहथवाको भने गणना बल्ल सुरु भएको हो । ‘१ वडाको गणना भइरहेको छ । यही प्रक्रियामा अन्य वडाको पनि गणना गर्नेछौँ’ बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जनाए । 

वडा नम्बर १ र १८ को गणना सकिए लगत्तै वडा नम्बर २ र १७ को गणना हुनेछ । मतदान अधिकृत पंगेनीको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर १ मा १ हजार १ सय ४  मत गणना हुँदा वडा अध्यक्षका उम्मेदवारहरू तर्फ नेकपा एमालेका जयलाल सहनीले ६, नेपाली कांग्रेसका दिनेश कुमार रायमाझीले ३७, नेकपा माओवादी केन्द्रका रत्न बहादुर गिरीले ५ सय ७ र लोसपाका राकेश सहनीले ४ सय ४३ मत ल्याएका छन् । यस्तै यो वडामा नगरप्रमुख पदमा नेकपा एमालेकी कल्पना कटवाललाई २ सय ५९, नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई ७८, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ४ सय ९९, जसपाका जय प्रकाश रायलाई १३ र लोसपाका प्रमोद कुमार रौनियारलाई १ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई २ सय ११, नेपाली कांग्रेसकी गंगा दाहाललाई ८८ , नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ५ सय १६, जसपाका मिरा सिंह कोइरीलाई १४ मत र लोसपाकी प्रेम शिला सिंहलाई १ सय ९९ मत प्राप्त भएको छ । 

यस्तै,  वडा नम्बर १८ मा ९ सय ५५ मत गणना हुँदा नेकपा एमालेका अरविन्द कुमार यादवले २ सय ९१ मत , नेपाली कांग्रेसका नरेश रायले २ सय ५४ मत, नेकपा माओवादी केन्द्रका त्रिवेणी रायले २ सय ५४ र जसपाका राकेश कुमार यादवले १ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै यो वडामा नगरप्रमुख पदमा नेकपा एमालेकी कल्पना कटवाललाई २ सय ९९ , नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई २ सय ३९, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई २ सय ५५, जसपाका जय प्रकाश रायलाई २ सय ४३  प्राप्त भएको छ ।

यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई २ सय ९४, नेपाली कांग्रेसकी गंगा दाहाललाई २ सय ३७ मत, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई २ सय ४४, जसपाका मिरा सिंह कोइरीलाई १ सय ५२ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ३४ बजे

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र