बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल  « Khabarhub

बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्तो बताएका हुन् । 

नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ३६ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि