नव निर्वाचित अध्यक्ष भन्छन् ‘अपेक्षा पूरा गर्ने चुनौती छ’  « Khabarhub

नव निर्वाचित अध्यक्ष भन्छन् ‘अपेक्षा पूरा गर्ने चुनौती छ’ 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महतो निर्वाचित भएकी छिन् । निर्वाचित अध्यक्ष महतोले ३ हजार ९ सय ९५ मत मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत मात्र प्राप्त गरे । यसअघिका गापा अध्यक्ष लोसपाका महेन्द्र महतो २ हजार ८ सय ८५ मत ल्याउँदै तेस्रो भए । उनी लोसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोका दाजु तथा प्रदेश सभा सदस्य उपेन्द्र महतोका बुबा हुन् ।

निर्वाचित भएपछि गापा अध्यक्ष महतोले आफूमा दायित्व बढेको बताए । ‘म प्रति देखाउनु भएको विश्वासलाई डगमगाउन दिने छैन । मेरो चुनौती जित्नु भन्दा पनि जनताको अपेक्षा पूरा गर्नु हो’ अध्यक्ष महतो भन्छन् ,’यो समाजलाई अगाडि बढाउने दायित्वलाई पूरा गर्छु ।’ उनले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर गाउँ विकासमा जुट्ने बताए । ‘मैले साक्षरता बढाउनु पर्ने छ । म त्यसमा नै लाग्ने छु । साक्षरताको संख्या बढ्नु नै विकासको सुरुवात हो ।’ त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महतो ३ हजार ८ सय ६० मत ल्याउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९ सय ५८ मत प्राप्त गरिन् ।

 चन्द्रनगर सहित नेपाली कांग्रेसले सर्लाहीमा ९ पालिकामा विजय हासिल गरेको छ । यसअघि हरिपुर, मलंगवा, हरिपुर्वा नगरपालिका तथा ब्रम्हपुरी, पर्सा, धनकौल, विष्णु र कौडेना गाउँपालिकामा कांग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुख दुवै पदमा जितिसकेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १७ बजे

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र