नव निर्वाचित अध्यक्ष भन्छन् ‘अपेक्षा पूरा गर्ने चुनौती छ’  « Khabarhub

नव निर्वाचित अध्यक्ष भन्छन् ‘अपेक्षा पूरा गर्ने चुनौती छ’ 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महतो निर्वाचित भएकी छिन् । निर्वाचित अध्यक्ष महतोले ३ हजार ९ सय ९५ मत मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत मात्र प्राप्त गरे । यसअघिका गापा अध्यक्ष लोसपाका महेन्द्र महतो २ हजार ८ सय ८५ मत ल्याउँदै तेस्रो भए । उनी लोसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोका दाजु तथा प्रदेश सभा सदस्य उपेन्द्र महतोका बुबा हुन् ।

निर्वाचित भएपछि गापा अध्यक्ष महतोले आफूमा दायित्व बढेको बताए । ‘म प्रति देखाउनु भएको विश्वासलाई डगमगाउन दिने छैन । मेरो चुनौती जित्नु भन्दा पनि जनताको अपेक्षा पूरा गर्नु हो’ अध्यक्ष महतो भन्छन् ,’यो समाजलाई अगाडि बढाउने दायित्वलाई पूरा गर्छु ।’ उनले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर गाउँ विकासमा जुट्ने बताए । ‘मैले साक्षरता बढाउनु पर्ने छ । म त्यसमा नै लाग्ने छु । साक्षरताको संख्या बढ्नु नै विकासको सुरुवात हो ।’ त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महतो ३ हजार ८ सय ६० मत ल्याउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९ सय ५८ मत प्राप्त गरिन् ।

 चन्द्रनगर सहित नेपाली कांग्रेसले सर्लाहीमा ९ पालिकामा विजय हासिल गरेको छ । यसअघि हरिपुर, मलंगवा, हरिपुर्वा नगरपालिका तथा ब्रम्हपुरी, पर्सा, धनकौल, विष्णु र कौडेना गाउँपालिकामा कांग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुख दुवै पदमा जितिसकेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १७ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–