अस्मितालाई छिन्नलता पुरस्कार « Khabarhub

अस्मितालाई छिन्नलता पुरस्कार


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ गायिकाले खुशीको सिमा नरहेको बताएकी छिन् । 

छिन्नलता पुरस्कार !ओहो! छिन्नलता लेख्दै गायिका अधिकारीले सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक् नै भएको जनाएकी छिन् । ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ’ उनले भनेकी छन् । उनको सांगीतिक यात्रामा साथ दिने र सहयोग गर्नेलाई सम्मान समर्पित भएको समेत जनाएकी छिन् ।

नेपाली आइडलको दोस्रो सिजनबाट संगीतमा उदाएकी गायिका अधिकारी पछिल्लो समय प्लेब्याक गायनमा पनि उत्तिकै व्यस्त छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ३० बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा