भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई  « Khabarhub

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन् ।

चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ । 

भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नो दायित्वमा राख्नुपर्ने भट्टराईले बताए । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ३४ बजे

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले