भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई  « Khabarhub

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन् ।

चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ । 

भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नो दायित्वमा राख्नुपर्ने भट्टराईले बताए । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ३४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका