खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो « Khabarhub

खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । 

यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि घटना सतहमा आएको थियो । खेलाडीको समस्या लिएर प्रशिक्षक समक्ष पुगेका रोहित चन्दलाई होटल निस्कन दबाब दिएपछि अन्य खेलाडीले समेत होटेल छाडेका थिए । 

यसपछि खेलाडी र प्रशिक्षक दुवैले एन्फालाई एकअर्कालाई आरोप लगाउँदै पत्र बुझाएका थिए । यसपछि एन्फाको कार्यसमिति बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले एन्फालाई सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । 

छानबिन समितिमा पूर्व जर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व फुटबलर विदुर विष्ट सदस्य थिए।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ०३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा