अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै « Khabarhub

अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । त्यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट प्रभावित भएका बताइएको छ ।

‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ को पछिल्लो तथ्यांकअनुसार अमेरिकाका १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएको जनाइएको छ ।

अमेरिकामा पछिल्लो समयमा बालबालिकामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यसअनुसार त्यहाँ गएको मे १२ सम्मको पछिल्लो सातामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको छ ।

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बताएको छ ।

अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिड १९ को संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

यस्तै, अमेरिकाको न्यु योर्क शहरमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यु योर्कमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको ‘मध्यम खतरा’ मा रहेको न्यु योर्कलाई अहिले ‘उच्च खतरा’ मा वर्गीकृत गरिएको अधिकारीहरूले जनाएका छन् । शहरलाई मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।

प्रकोप बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको बताइएको छ । प्रकोप फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च जोखिमपूर्ण गतिविधिहरू नगर्न र घर बाहिरका गतिविधिहरू पनि कम गर्न समेत स्वास्थ्यकर्मीहरूको आह्वान छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु