इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित « Khabarhub

इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।

देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन् । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गरेका छन् । उनका दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन् । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित भएका थिए । उपप्रमुख पविमाया राईले आठ  हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । 

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार हजार ७६५ मत प्राप्त गरेका छन् । पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : २८ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका