सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी « Khabarhub

सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 सर्लाही– बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् । 

दोस्रो कार्यकालको लागि बागमती नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मेयर थापालाई नगरवासीले भारी मतान्तरले विजयी गराएका हुन् । थापा ३९८९ मतान्तरले विजयी भएका छन् । उनले कुल ११ हजार ३५७ मत प्राप्त गरे ।

मेयर थापाको निकटतम प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याएका नेकपा एमालेका उम्मेदवार टंक बहादुर बस्नेत (गोकुल)ले कुल ७३६८ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयरकी उम्मेदवार कुमारी मोक्तानले पनि भारी मतान्तरसहित जित हासिल गरेकी छन् । माओवादी केन्द्रकी मोक्तानले ३१७४ मतान्तरले जित निकालेकी हुन् । उपमेयरमा निर्वाचित मोक्तानले कुल १० हजार ८७९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङले ७ हजार ७०५ मतमात्र प्राप्त गरिन् । 

यस्तै १२ वडा मध्य माओवादी केन्द्रले १० वडा वडामा जित निकालेको छ । एक वडामा नेकपा एमाले र एक वडामा नेपाली कांग्रेसले जित निकालेको छ । 

माओवादी केन्द्रबाट वडा नम्बर १ मा निवर्तमान वडाध्यक्ष गम्भीर सिङ पाख्रिन प्यान, २ नम्बरमा टेक बहादुर बल (बाबु), ३ नम्बरमा निवर्तमान वडाध्यक्ष तिलक मोक्तान, ४ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्णकुमार लामा निर्वाचित भएका छन् । 

यस्तै ५ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्ण बहादुर वाइबा, ६ नम्बरमा गोपाल बहादुर थापा, ७ नम्बरमा निवर्तमान वडाध्यक्ष दुर्गाबहादुर हेन्जन, १० नम्बरमा निवर्तमान वडाध्यक्ष जुगैर कादिर, ११ नम्बरमा निवर्तमान वडाध्यक्ष प्रदीप आचार्य र १२ नम्बरमा निवर्तमान वडाध्यक्ष ओम बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ५३ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित