सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी « Khabarhub

सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 सर्लाही– बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् । 

दोस्रो कार्यकालको लागि बागमती नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मेयर थापालाई नगरवासीले भारी मतान्तरले विजयी गराएका हुन् । थापा ३९८९ मतान्तरले विजयी भएका छन् । उनले कुल ११ हजार ३५७ मत प्राप्त गरे ।

मेयर थापाको निकटतम प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याएका नेकपा एमालेका उम्मेदवार टंक बहादुर बस्नेत (गोकुल)ले कुल ७३६८ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयरकी उम्मेदवार कुमारी मोक्तानले पनि भारी मतान्तरसहित जित हासिल गरेकी छन् । माओवादी केन्द्रकी मोक्तानले ३१७४ मतान्तरले जित निकालेकी हुन् । उपमेयरमा निर्वाचित मोक्तानले कुल १० हजार ८७९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङले ७ हजार ७०५ मतमात्र प्राप्त गरिन् । 

यस्तै १२ वडा मध्य माओवादी केन्द्रले १० वडा वडामा जित निकालेको छ । एक वडामा नेकपा एमाले र एक वडामा नेपाली कांग्रेसले जित निकालेको छ । 

माओवादी केन्द्रबाट वडा नम्बर १ मा निवर्तमान वडाध्यक्ष गम्भीर सिङ पाख्रिन प्यान, २ नम्बरमा टेक बहादुर बल (बाबु), ३ नम्बरमा निवर्तमान वडाध्यक्ष तिलक मोक्तान, ४ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्णकुमार लामा निर्वाचित भएका छन् । 

यस्तै ५ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्ण बहादुर वाइबा, ६ नम्बरमा गोपाल बहादुर थापा, ७ नम्बरमा निवर्तमान वडाध्यक्ष दुर्गाबहादुर हेन्जन, १० नम्बरमा निवर्तमान वडाध्यक्ष जुगैर कादिर, ११ नम्बरमा निवर्तमान वडाध्यक्ष प्रदीप आचार्य र १२ नम्बरमा निवर्तमान वडाध्यक्ष ओम बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ५३ बजे

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका