तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी « Khabarhub

तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ ।

एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकीको प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ । 

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भए । देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् । शुक्लागण्डकीको नगर प्रमुखमा कृष्ण पण्डित विजयी भए ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ, शुक्लागण्डकीको उपप्रमुखमा खुमबहादुर विक विजयी भएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् ।

शुक्लागण्डकीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जित हासिल गरेको छ । नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका हुन् ।

नगरप्रमुखमा कांग्रेसका कृष्णराज पण्डित १२ हजार २६३ मत प्राप्त गरी निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनाले नौ हजार ८४० मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादीका खुमबहादुर बिक १० हजार २६२ मत प्राप्त गरी निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका फूलमाया थापाले नौ हजार ९५७ मत प्राप्त गरेका छन् ।

३८ हजार ३१५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार ९९७ मत खसेको थियो । बाह्र वडा रहेको शुक्लागण्डकीमा नेपाली कांग्रेसले नं १, २, ३, ४, ७,  नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नं १० जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०३ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान