गोकर्णेश्वरको मेयरमा कांग्रेस विजयी « Khabarhub

गोकर्णेश्वरको मेयरमा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् ।  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले  जानकारी दिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाएको उनले बताए । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएका छन् ।   उनले आठ हजार ८०४ मत प्राप्त गरे । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाइन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : १० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा