होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु  « Khabarhub

होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवाको एक होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलकाअनुसार होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ ।

यसै साता मात्रै बुटवलमा स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ५७ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट