थाइल्यान्डमा अब मास्क लगाउनु नपर्ने   « Khabarhub

थाइल्यान्डमा अब मास्क लगाउनु नपर्ने  


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्ड – थाइल्यान्डले मानिसहरूलाई बाहिर  निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ ।

कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरुलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो ।

डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्यान्डमा सार्वजनिक रूपमा फेसमास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरमा फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।

थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भिडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क छुटको थप विवरणहरू घोषणा गर्ने उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : १२ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट