एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै | Khabarhub Khabarhub

एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल कुवेतसँग भिड्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा मैदानमा यी दुई देशबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गरेको थियो।

समूह बी मा रहेको नेपाल दुई अंकसहित शीर्षस्थानमा छ। अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

नेपालकै समूहमा रहेका बहराइन र कुवेतले एक-एक अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

भूटानले पहिलो खेल हारेको छ भने हङकङले खेल्न बाँकी छ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’