फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध « Khabarhub

फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सका केही भागमा तापक्रममा उच्च बुद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ ।

बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ । ताप लहर अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् ।

वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ । निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ । ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भने ।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : १५ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने