दुई महिनामा जोनसनको दोस्रो युक्रेन भ्रमण « Khabarhub

दुई महिनामा जोनसनको दोस्रो युक्रेन भ्रमण


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।

जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा देख्न पाउँदा खुसी लाग्यो’, उनले भने ।

राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे ।

रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरूले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् ।

राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा कीभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ११ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च