कैलाली पुगेर प्रधानमन्त्री देउवाले भने- ‘गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौँ’  « Khabarhub

कैलाली पुगेर प्रधानमन्त्री देउवाले भने- ‘गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौँ’ 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।

शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्माण कार्य अघि बढाइने बताए । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सबैको एउटै माग रहेको पाएँ, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुने गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्छु।’

उनले कैलालीसँग जोडिएको गौरिफण्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत सुनाए । गौरिफण्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुने गरी गौरिफण्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासले गति लिएको पनि दोहोर्‍याए। ‘म एसएलसी दिएर काठमाडौँ पढ्न जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो,’ देउवाले भने, ‘अहिले कर्णालीमा पुल बनेको छ, राष्ट्रिय निकुञ्जमा २४ घण्टा ओहोर दोहोर गर्ने वातावरण बनेको छ, जतिबेला पनि प्लेन उडेको छ, यो यहाँका लागि ठुलो विकास हो, तर नागरिकका चाहना बढ्दै जानु पनि स्वाभाविक हो ।’

धनगढी उप महानगरपालिकालाई सुन्दर बनाउन खोलानालाको अतिक्रमण हटाइनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ४३ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको