ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग | Khabarhub Khabarhub

ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो ।

ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर–१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर–१३ सेभेन ए साइड राष्ट्रव्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो ।

ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनाङ मर्स्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभवी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।  

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : २३ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा