एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भइसक्यो : महामन्त्री शर्मा « Khabarhub

एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भइसक्यो : महामन्त्री शर्मा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्।

उनले भने, ‘संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, कांग्रेस गम्भीर भएन भनेर भनिदिनुहुन्छ। २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नु भयो । उहाँहरूकै पालामा त्यसरी लेखिएको रहेछ । त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन । यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर सङ्केत होइन ।’

उनले कूटनीतिक मर्यादा विपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटकसामेल भएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। एसपीपीमा आबद्ध हुनका लागि लेखिएको पत्रले हामी कूटनीतिक अभ्यासबारे गम्भीर छैनौँ भन्ने देखाएको शर्माको टिप्पणी छ।

उनले भने, ‘अहिले एसपीपी जो आएको छ, यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लियर गरेको छ। एउटा, हामी कूटनीतिक अभ्यासको बारेमा गम्भीर रहेनछौँ। कुनै पत्र लेखिन्छ, पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ, पत्र पाउनेले पाइसक्छ। लेख्नेले लेखिसक्छ। न तपाईं थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु। न सरकारले थाहा पाउँछ।’

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए।

नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने महामन्त्री शर्माको भनाइ थियो।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : २३ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी