भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन « Khabarhub

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे।

राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा आज भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाणले सबै नागरिकलाई घरजग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताए। सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरूप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उनले उल्लेख गरे।

“सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाईंहरु काम गर्नुस्,” मन्त्री खाणले भने। स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उनले आयोग र स्थानीय पालिकाको समन्वयमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिए।

सरकारका कुनै पनि कार्यालयले भूमि आयोगलाई सहयोग दिनु पहिलो दायित्व भएकाले सबैसँग सहयोग लिएर भूमिहीनलाई भूमिको व्यवस्था गरेर आफ्नो कामको सुरुआत गर्न मन्त्री खाणले पालिकाका प्रमुखहरूलाई आग्रह गरे।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए।

आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाएको उल्लेख गर्दै आयोगसँग समन्वय गरेर काम गर्ने बताए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : ३१ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी