बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही « Khabarhub

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए।

मुख्यमन्त्री शाहीले पुँजी बजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे। “शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनासको हुँदैन”, उनले भने, “शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।”

कर्णालीमा पुँजी बजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उनले विकासको गति, पुँजी बजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे। उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो । “चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो”, उनले भने, “विगतका कमजोरी सच्याइएको छ, बहु वर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ ।”

सचेतना कार्यक्रममा पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताए। उनले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पुँजीबजारको विषयमा बुझेर र आवश्यक मात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजी बजार अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएको धारणा राखे। त्यस्तै नेपाल उद्योग परिसङ्घका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए।

नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पुँजी बजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गरे। एकदिने सचेतना कार्यक्रममा कर्णालीका आर्थिक क्षेत्रमा संलग्न व्यक्तिका साथै शिक्षक, विद्यार्थीलगायतको सहभागिता छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : २० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने