ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

दमाइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले ट्रकलाई नियन्त्रणमा नलिएसम्म बाटो अवरोध गरेका थिए । ट्रक चालक मकवानपुरको हेटौँडामा उपमहानगरपलिका–१४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार ट्रकचालकसहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाइ दुईतर्फी सञ्चालन भएको 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ५६ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा