‘नेपालमै सम्मानित जीवन जिउन सम्भव छ’ « Khabarhub

‘नेपालमै सम्मानित जीवन जिउन सम्भव छ’


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव छ भन्ने सन्देश दिन आवश्यक रहेकोमा जोड दिएका छन्।

रिटर्नी फेडेरेशन नेपालको आज बुटवलमा आयोजित लुम्बिनी प्रदेश भेलामा उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई मातृभूमिमै भविष्य भएकाले सम्भावनाको खोजीका लागि प्रेरित गर्नुपर्ने बताए। उनले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा योगदान पुर्‍याउँदै स्वदेशमै फर्किएर सम्मानित जीवन जिउन सकारात्मक सन्देश फैलाउन रिटर्नी नेपालले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए।

“हामी सरकारमा छँदा यी कुरालाई ध्यानमा राखेर काम गर्‍यौँ, तर सरकार परिवर्तनसँगै देशमा भविष्य खोज्नेहरू अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ, यहाँहरूले सकारात्मक सन्देश प्रवाह गरी प्रवासमा रहेकाहरू पनि फर्किने वातावरण बनाउनुपर्छ”, उनले भने ।

सम्भावना देखेपछि विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू स्वदेश फर्किने वातावरण तयार हुने भन्दै उनले नमूना काम गरेर देखाउन रिटर्नी नेपालका सदस्यहरूलाई आग्रह गरे।

रिटर्नी फेडेरेशन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले रिटर्नी स्वदेशमै केही गर्ने सपना बुनेर विदेशबाट फर्किएकाको संस्था भएकाले यसलाई आर्थिक क्रान्तिका माध्यमबाट देशको समृद्धिमा लगाउने बताए। उनले मङ्सिरसम्ममा १० उद्योग सञ्चालनको तयारीमा रहेको जनाउँदै रगत र पसिनाको कमाएको लगानी गर्ने भएकाले स्वदेशको उत्पादनलाई स्थानीय तहले प्राथमिकता दिने नीति बनाउनुपर्ने बताए।

भेलामा रिटर्नी नेपालका प्रदेश इन्चार्ज हीरादेवी खरेलले विदेशको अनुभवलाई स्वदेशमा परिचालन गरी आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : २७ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका