अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ अफगानिस्तानमा गराइएको सांघातिक आक्रमणमा दुई जनाको ज्यान गएको छ । उत्तरी अफगानिस्तानमा विमानस्थलका कर्मचारी बोकेको बसलाई लक्षित गरी हमला भएको हो ।

हमलामा अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उत्तरी अफगानिस्तानको मजार ए सरिफमा विमानस्थलका कर्मचारी चढेको बसलाई लक्षित गरी अन्दाधुन्द गोली प्रहार गरेको जनाइएको छ ।

उनीहरु विमानस्थल जानेक्रममा बन्दुकधारीको निशानामा परेको बाल्ख प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद आसिफ वजिरीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पछिल्ला केही समययता हिंसात्मक आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’